आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले कपिलवस्तुको क्षेत्र नं. १ मा चुनाव प्रचार प्रसारलाई निरन्तरता दिएको छ। देशको सीमा सुरक्षा र सार्बभौमिकता रक्षाको संघर्षलाई अगाडी बढाउन कपिलबस्तु क्षेत्र नं. १ का उमेद्वार रोहन चौधरीले मतदाताहरुसंग मादल चिन्हमा भोट माथ्नु भएको छ। नेमकिपाको तर्फबाट कपिलबस्तु क्षेत्र नं. १ को बाणगंगा नगरपालिकाको चैवा, घेरुवा बनगाई, ४ नं. जितपुर, मधवलिया, झण्डा, चम्कीपुर, मेचकुरी, पटना, गजेहडाका मतदाताहरु बिच देश र जनताको इमान्दारिता पुर्वक सेवा गर्ने नेमकिपाका उमेद्वारहरुलाई मादल चिन्हमा मतदान गरी विजयी बनाउन आग्रह गर्दै प्रचार प्रसार गर्नु भएको हो।
मतदाताहरुको घर दैलोमा पुगेर नेमकिपाको चुनाव चिन्ह मादलमा भोट माग्दै उमेद्वार चौधरीले निर्वाचनमा सामान र पैसा बााड्ने तथा भोज खुवाएर जनतालाई धोका दिने शासक दलहरुलाई परास्त गर्न र निर्वाचन पछि सामानको मुल्य बढाउने र पटक पटक सरकार कब्जा गरेर जनतालाई दुख दिनेहरुहरुलाई पराजित गर्न मादलमा मतदान गर्न आग्रह गर्नु भएको थियो।
मतदाताहरुका घरदैलोमा पुगी उमेद्वार चौधरीले भ्रष्टचाचारी, कालाबजारिया, तस्कर, कनाुन हातमा लिने र गुण्डागर्दी गर्ने दल र उमेद्वारहरुलाई परास्त गर्न मादल चिन्हमा मतदान गरी नेमकिपाका उमेद्वारहरुलाई विजयी गराउन उमेद्वार गर्नु भएको थियो ।