संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र सम्बृद्धितर्फ केन्द्रित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएको छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बुधबार गठबन्धनद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको बताउदै देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने बताएका छन ।
“दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो, परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए। विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न सकेन, अब अब दृढ सङ्कल्पसहित गठबन्धन अघि बढेको र्छ उनले भने ।