spot_img
spot_img
spot_img

मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता अभियान सुरु गर्छ : ओली

spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताएका छन् । बुधबार सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै आगामी मंसिर ४ को चुनावपछि एमालेको सरकारले नेपाली जनतालाई नागरिकता दिने अभियान सुरु गर्ने बताएका हुन । उनले भनेका छन ‘अहिले नागरिकताको खुव चर्चा गरेका छन् । मैले भनेको छु, नागरिकताको तमासा नगर, गर्नैपर्दैन ।’
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्नेमा अहिले विवाद नभएर विदेशीलाई दिनुपर्छ भन्नेसँग भइरहेको बताएका छन। जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अंगिकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइनेछ’, उनले भने ।
ओलीले एमाले बाहेक अरु दलले देश हाँक्न नसक्ने दाबी गर्दै नेपालका जनता र उद्यमीलाई परेका मर्काका विषयमा नबोल्ने सरकार के काम ? भन्दै प्रश्न पनि गरेका थिए । उनले कांग्रेसले चुनावी घोषणापत्रमा अरु कुरा गर्छन् हामी काम गर्छौ भनेर लेखेको भन्दै एउटा राम्रो काम गरेको देखाउन चुनौती दिएका छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img