पूर्व नवलपुरमा एउटा मतदान केन्द्रमा एसिड प्रयोग गरी मतपेटिकामा आगजनी गरिएको छ । क्षेत्र नम्बर १ को देवचुली नगरपालिका ४ को शान्ति शृजना केन्द्र झाक्रेमा रहेको मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ। मतपेटिकामा मतपत्र खसाएपछि नारायण भण्डारीले एसिड प्रयोग गरि आगो लगाएको बताईएको हो । उनलाई पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??