spot_img
spot_img
spot_img

अस्ट्रेलियाले शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने

spot_img

एजेन्सी । अस्ट्रेलियाले हजारौँ शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने घोषणा गरेको छ । साथै आवश्यकताअनुसार अध्यागमनसम्बन्धी कानुन पनि संशोधन गरिने भएको छ । अस्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले शरणार्थीलाई विदेश यात्रा गर्न र देश फर्कन अनुमति दिने घोषणा गर्नुभएको हो । त्यस्तै सङ्घीय सरकारले जुलाई २०१३ अघि डुङ्गाबाट अस्ट्रेलिया आएका शरणार्थीलाई पारिवारिक पुनर्मिलन प्रवेशाज्ञाका लागि अनुमति दिनेछ ।
नयाँ प्रावधानले एक दशकभन्दा लामो समय परिवारबाट अलग भएकाहरू लाभान्वित हुने अपेक्षा गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । शरणार्थीलाई तेस्रो देशमा यात्रा गर्न पनि सहज हुनेछ । अस्ट्रेलिया सरकारले शरणार्थीहरूलाई न्युजिल्यान्ड, क्यानडा र अमेरिकामा बसोबास गराउने विकल्प खोजिरहेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img