spot_img
spot_img
spot_img

कोप २७ मा जलवायु क्षतिमा आधारित महत्त्वपूर्ण सम्झौता

spot_img

एजेन्सी । संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २७ औँ सत्र ुकोप २७ु मा सहभागी झन्डै दुई सय देशले जलवायु परिवर्तनको नकारात्मक परिणामबाट सबैभन्दा धेरै क्षति बेहोरेका देशहरूलाई रकम उपलब्ध गराउन एउटा कोष स्थापना गर्न सहमति जनाएका छन् ।
इजिप्टमा भइरहेको सम्मेलनमा हिजो शनिवार राति भएको छलफलमा सहमति जुटेको बीबीसीले जनाएको छ । नोक्सानी तथा क्षतिको मुख्य मुद्दामा आधारित रहेर सहमति गरिएको हो । धेरै देशहरूले वर्षौँदेखि त्यस्तो सम्झौताको माग गर्दै आएका थिए ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरशले यस सम्झौतालाई अति आवश्यक राजनीतिक सङ्केत रहेको बताउनुभएको छ । तर यो सम्झौता पर्याप्त नभएको उहाँले बताउनुभएको छ । आजै कोप –२७ समापनको घोषणा हुनेछ । कोप–२७ अध्यक्ष इजिप्टका राष्ट्रपतिले अर्को सम्मेलन आयोजना गर्ने मुलुक संयुक्त अरब इमिरेट्सलाई अध्यक्षता हन्तान्तरण गर्नुहुनेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img