मुस्ताङको प्रदेश सभा (क) मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन । गुरुङ नेकपा एमालेका इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन। गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याएका थिए ।
यस्तै मुस्ताङको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसकै विकल शेरचन विजयी भएका छन । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गर्दै बिजयी भएका हुन । शेरचनले २७३० मतसहित शेरचन विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गरेका छन । मतदानमा खसेको मतमध्ये १४ मत बदर भएको थियो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको चुनावमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य थिए । मुस्ताङमा प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फका सबै ठाउँमा कांग्रेस विजयी बनेको छ ।
मुस्ताङमा कांग्रेसको “क्लिन स्वीप”
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??