नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने भएका छन । उनि गुल्मी १ बाट नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी बनेका हुन ।
भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरेका छन।
कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेका भण्डारी सङ्घकै महामन्त्री भएका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??