spot_img
spot_img
spot_img

६ गोलको थ्रिलरमा क्यामरुन र सर्बिया बराबरी

spot_img

एजेन्सी । विश्वकपमा क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा सकिएको छ । समूह जी अन्तर्गत सोमबारको खेलमा दुई टोलीले ३–३ को बराबरी खेलेका हुन् । खेलमा अग्रता भने क्यामरुनले नै लिएको थियो । जिन चाल्र्स क्यास्टेलेटोले खेलको २९ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै सर्बिया खेलमा फर्किएको थियो । सर्बियाका लागि स्ट्राहिन्जा पाभ्लोविच र सर्जेग मिलिन्कोभिच साभिचले गोल गरे।
दोस्रो हाफको सुरुवातमा नै अलेक्सान्डर मिट्रोविचले गोल गर्दै सर्बियाको अग्रता फराकिलो बनाए । तर, ३ मिनेटको अन्तरमा क्यामरुनले दुई गोल फर्कायो । भिन्सेन्ट अबुबकार र एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै खेल बराबरी गरे । दुई खेलपछि दुई टोलीको १–१ अंक रहेको छ । दुवै टोली यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
3.4K
खुसी
206
हासो
382
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img