spot_img
spot_img
spot_img

थापाथलीमा सुकुम्बासी र नगरप्रहरीबीच झडप हुँदा १४ जना घाइते

spot_img

थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा झडप हुँदा काठमाडौं महानगर प्रहरी बलका प्रमुख सहित १४ जना घाइते भएका छन्। आज सोमबार सुकुम्वासी बस्ती हटाउन जाँदा स्थानीय र नगर प्रहरीवीच भएको झडपमा परेर महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित अन्य १४ जना घाइते भएका हुन् ।
बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रिएका हुन। बिकल्प बिना नै बस्ती हटाउन खोजेको भन्दै स्थानीयले विरोधमा उत्रिएर टायर बालेर प्रदर्शनसहित गर्नुका साथै महानगरको टोलीमाथि ढुंगामुढा समेत गरेका थिए। एकीकृत बागमती सभ्यता विकास समितिले यही मंसिर ४ गते सम्म बागमती किनारमा रहेका सुकुम्वासी बस्तीका अनधिकृत घर टहरा भत्काउँन समयसीमा दिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
1.5K
खुसी
191
हासो
414
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img