spot_img
spot_img
spot_img

रविश कुमारले दिए एनडीटीभीबाट राजीनामा

spot_img

एजेन्सी । एनडीटीभीका पत्रकार रविश कुमारले राजीनामा दिएका छन् । एनडीटीभी समूहका अध्यक्ष सुपर्णा सिंहको तर्फबाट त्यहाँका कर्मचारीहरूलाई एउटा मेल पठाइएको थियो, जसमा लेखिएको थियो, ‘रविशले एनडीटीभीबाट राजीनामा दिएका छन् र कम्पनीले उनको राजीनामा तत्काल लागू गर्ने अनुरोध स्वीकार गरेको छ।’ आरआरपीआर होल्डिङ प्राइभेट लिमिटेडका निर्देशक प्रणय रोय र राधिका रोयले राजीनामा दिएको एक दिनपछि रविशको राजीनामा आएको हो । यो कम्पनी एनडीटीटी को प्रमोटर समूह हो।
त्यसको एक दिनअघि मात्रै आरआरपीआर होल्डिङ प्राइभेट लिमिटेडले आफ्नो इक्विटी शेयरको जानकारी दिएको थियो । जसमध्ये ९९।५ प्रतिशत इक्विटी शेयर विश्व प्रधान कमर्शियल प्राइभेट लिमिटेडको रहेको छ, जसलाई अडानी ग्रुपको मिडिया कम्पनी एएमजीमिडिया नेटवर्क्सले अधिग्रहण गरेको छ । योसँगै अब अडानी समूहको एनडीटीभीमा २९।१८ प्रतिशत हिस्सेदारी छ।
रविश कुमार आफ्नो कार्यक्रम ‘रविश की रिपोर्ट’ बाट प्रसिद्धिमा पुगे र पछि प्राइम टाइमको साथ एनडीटीभी भारतको मुख्य अनुहार बने। उनले रेमन म्यागसेसे अवार्ड पाएका छन् । उनी सरकारको आलोचनाका कारण बारम्बार चर्चामा आउने गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
3.7K
खुसी
232
हासो
302
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img