spot_img
spot_img
spot_img

भारत बंगलादेशसँग १ विकेटले पराजित

spot_img

बंगलादेशको भ्रमणमा रहेको भारतीय क्रिकेट टोली पहिलो एकदिवसीय खेलमा १ विकेटले पराजित भएको छ । भारतले प्रस्तुत गरेको १ सय ८७ रनको लक्ष्य बंगलादेशले ९ विकेटको क्षतिमा २४ बल बाँकी छँदै पछ्याएको थियो । १३६ रनमा नै ९ विकेट गुमाएको बंगलादेशका लागि मेहदी हसन मिराज र मुस्तफिजुर रहमानले नटआउट रहँदै क्रमशः ३८ र १० रन बनाउँदै टोलीलाई जीत दिलाए । उनीहरूबाहेक कप्तान लिटन दासले ४१ रन बनाए । ४२.१ ओभरमा अलआउट हुनअघि भरतले १८६ रन बनाएको थियो । भारतका लागि केएल राहुलले सर्वाधिक ७३ रन बनाए भने कप्तान रोहित शर्माले २७ रनको योगदान दिएका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
328
खुसी
238
हासो
438
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img