बङ्लादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा जोखिम बढेको एक अध्ययनले देखाएको छ । प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, खोकी, तल्लो श्वासनलीमा सङ्क्रमणका साथै डिप्रेसन र अन्य स्वास्थ्य समस्याको जोखिम बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
‘ब्रेथिङ हेभी : न्यू एभिडेन्स अन एयर पोलुशन एण्ड हेल्थ इन बङ्लादेश’ नामक प्रतिवेदनले ढाका र सिलहट सहरमा शारीरिक र मानसिक स्वास्थ्यमा वायु प्रदूषणको प्रभावको मूल्याङ्कन गरेको छ । प्रदूषणका कारण पाँच वर्षमुनिका बालबालिकाहरु, ज्येष्ठ नागरिक र मधुमेह, मुटु वा श्वासप्रश्वासको अवस्था जस्ता अन्य रोग भएका व्यक्तिहरू सबैभन्दा असुरक्षित रहेको प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनले स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव कम गर्न, सार्वजनिक स्वास्थ्य सेवाहरू र प्रतिक्रिया संयन्त्रहरू सुधार गर्न, वायु प्रदूषण तथ्याङ्क निगरानी प्रणालीमा सुधार गर्न र लगानी गर्न तथा थप अनुसन्धानमा संलग्नसहित तत्काल सावधानीका कार्यहरू गर्न अनुरोध समेत गरेको छ । अध्ययनले ढाका सहरमा प्रमुख निर्माण र लगातार ट्राफिक भएका ठाउँहरु वायु प्रदूषणको उच्चतम स्तर रहेको पत्ता लगाएको छ । प्रतिवेदनअनुसार सन् २०१९ मा वायु प्रदूषणजन्य समस्याका कारण बङ्लादेशमा ७८ हजार १४५ देखि ८८ हजार २२९ जनाको ज्यान गएको थियो ।
– एजेन्सी
बङ्लादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा खतरा
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??