आज विभिन्न कार्यक्रम गरी नवौँ विश्व दिवस मनाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका कृषि विभागले आयोजना गरेको विभिन्न कार्यक्रममा ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने मूल नाराका साथ माटो दिवस मनाईएको हो । कृषि र माटोसँग सरोकार राख्नेहरूले माटोको विषयमा आफ्नो धाराणा समेत व्यक्त गरेका थिए ।
प्रभातफेरीपछि आयोजना गरेको मूल समारोह कार्यक्रममा कृषि मन्त्रालयको पशुपन्छी तर्फका सचिव डा। दीपक खरालले माटो किसान र कृषिसँग सम्बन्धित रहेको हुनाले यसको स्वच्छतातर्फ ध्यान दिनका लागि सम्बन्धित सरोकारवालालाई आग्रह गरेका छन । कृषिका लागि मुख्य माटो नै हो यसको संरक्षण, सम्वर्द्धनमा ध्यान दिनु पर्ने बताउँदै उनले माटोको विषयमा अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताए ।
सो कार्यक्रममा चित्रकाला प्रदर्शनी समेत गरिएको थियो । उत्कृष्ट तीनवजनालाई पुरस्कृत समेत गरिएको थियो । माटो वैज्ञानिक डा.नवीन रावल, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा।रामकृष्ण श्रेष्ठ, आस्था वैज्ञानिक अनुसन्धान सेवा प्रालिका अमृत आचार्यलगायतले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
आज नवौँ विश्व माटो दिवस
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??