पाल्पाको रामपुरमा एक जना मजदुरको मृत्यु भएको छ । बिहीबार रामपुर नगरपालिका–५, बेझाडमा चार तले पक्की घर प्लास्टर गर्ने क्रममा खसेर पर्सा ३ मंगलापुरका २५ वर्षीय गजेश कुसुहवाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
घर प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका कुशवाहालाई उपचारका लागि रामपुर अस्पताल पठाएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??