लैंगिक हिंसा न्यूनीकरणका लागि सबैपक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा बिहिबार बुटवलमा भएको लैंगिक हिंसा न्यूनीकरणमा मिडिया र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मिडियाले हिंसा न्यूनीकरण हुने गरी सूचना सम्प्रेषण गर्नुपर्ने र सरकारी निकाय जवाफदेही बन्दै नीति र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले लैंगिक विभेदलाई न्यूनीकरण गर्न स्थानीय तह, पत्रकार र नागरिक समाज सँगसँगै मिलेर काम गर्नुपर्ने बताएका छन । उनले हिंसा जुनसुकै क्षेत्र, जाती र लिंगका व्यक्तिहरुमाथि हुने गरेका घटना आएको बताउँदै यसको न्यूनीकरणका लागि सबै आत्मनिर्भर बन्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्यालले समाज रुपान्तरणमा मिडियाको भूमिका प्रमुख हुने बताउँदै लैंगिक हिंसा न्यूनिकरणमा पनि अह्म भूमिका हुने बताइन् । उनले महिलाहरुको समाचारलाई मिडियाले प्राथमिकतामा नराखेको बताउँदै त्यसो नगर्न आग्रह गरिन । हिंसा कुनै पनि पक्षमा हुन नहुने बताउँदै यसका लागि सबैले आ–आफ्नो क्षेत्रमा रहेर काम गर्न आग्रह गरिन् ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कुवँरले सुरूवातमा हिंसा भन्दासाथ महिला हिंसाको कुरा आउने गरेको भए पनि पछिल्लो समय जुनसुकै लिंगमा हुने हिंसाका रुपमा परिभाषित भएको बताएका छन। जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले हिंसा विरुद्धका घटनामा प्रहरीको भूमिका सकारात्मक रहेको बताएका थिए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देही अध्यक्ष एव फ्री मिडिया नेटवर्क रुपन्देही संयोजक रामराज पोख्रेलले हिंसारहित समाज निर्माणका लागि समाजलाई जागरुक बनाउन आवश्यक रहेको बताएका छन ।
मानव अधिकार एलायन्सका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा, नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाल, सञ्चारीका समूह रुपन्देही अध्यक्ष निरा गौतम, मानवअधिकारकर्मी रिमा बि।सी।, दलित महिला संघ रुपन्देही अध्यक्ष मनु खड्का, महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, सह–सचिव माया केसी लगायतले आआफ्ना भनाई राखेका थिए ।
लैंगिक हिंसा न्यूनीकरणका लागि सबैपक्ष जिम्मेवार हुनुपर्नेमा जोड
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??