spot_img
spot_img
spot_img

भैरहवामा जारी क्रिकेटको सेमिफाइनल समिकरण पुरा

spot_img

भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको सेमिफाइनल समिकरण पूरा भएको छ । आयोजक संस्था रुपन्देही क्रिकेट संघका अनुसार काशी नोबल एकेडेमी, भैरहवा, लुम्बिनी शिक्षा निकेतन, मायादेवी, शान्ति नमूना मावि, मणिग्राम र साई ग्लोबल स्कूल, भैरहवा सेमिफाइनलमा पुगेका छन् । प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई खेलमा विजयी हुँदै काशी नोबल र शान्ति नमूना सेमिफाइनल पुगेका हुन् । काशीले जेसिज इङ्गलिस बोर्डिङ स्कूल, भैरहवालाई ८ विकेट र शान्ति नमूनाले ग्रिनप्लान्ट इङ्गलिस बोर्डिङ स्कूल, बुटवललाई १ सय ३९ रनले पराजित गरेको हो ।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको जेसिजले निर्धारित खेलमा ७ विकेटको क्षतिमा १ सय १८ रन बनायो । सुप्रित घिमिरे म्यान अफ द म्याच घोषित भइ ५ सय रुपैयाँबाट पुरस्कृत भएका छन । यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले ९ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल बनायो । जवाफी ब्याटिङ गरेको ग्रिनप्लान्ट १० दशमलव १ ओभरमा सबै विकेट गुमाएर १३ रमनै समेटियो । उखेलमा शान्ति नमूनाका रोशन बश्याल म्यान अफ द म्याच भई पाँच सय रुपैयाँबाट पुरस्कृत भएका छन ।

प्रतियोगिताको विजेता टीमले नगद ३० र उपविजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २ हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टीमलाई पनि पुरस्कृत गरिने छ । मंसिर २४ गतेसम्म संचालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा पर्वत ज्वेलर्स, भैरहवा रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img