spot_img
spot_img
spot_img

हिमाचल प्रदेश भाजपाबाट खोस्यो कंग्रेसले

spot_img

एजेन्सी। भारतीय राज्य हिमाचलको विधान सभामा सत्तारूढ भारतीय जनता पार्टीले हार व्यहोरेको छ। बिहीबार जारी मतगणनामा भाजपाले पाँच वर्षअघि पाएको बहुमत गुमाउने देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यहाँ प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले बहुमत पाउने भएको छ। ६८ सदस्यीय विधान सभामा कंग्रेसले ३२ सिटमा जित हात पारिसकेको छ भने ७ ठाउँमा उसका उम्मेदवारले अग्रता लिएका छन्। सरकार बनाउन ३५ सिट आवश्यक पर्छ।

पाँच वर्षअघि विधान सभाका ४४ सिट जितेको भाजपा भने यसपालि २६ सिट मात्र जित्ने भएको छ। सन् २०१४ देखि केन्द्रको सत्ता चलाइरहेको भाजपाले यसपालि हिमाचलमा रेकर्ड तोडेर दोस्रो कार्यकालमा सरकार बनाउने योजना बनाएको थियो। तर उसको योजना सफल हुन सकेन्।

हिमाचलमा सन् १९८५ देखि कुनै पनि दलले लगातार दुई पटक सरकार बनाउन सकेका छैनन्। हरेक चुनावमा हिमाचलका मतदाताले फरक दललाई मत दिने गरेका छन्। त्यही भएर यहाँ कंग्रेस र भाजपाले आलोपालो सरकार चलाउँदै आएका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img