एजेन्सी । भारतीय राज्य गुजरातको विधान सभामा सत्तारूढ भारतीय जनता पार्टीलाई लगातार छैटौं पटक चुनाव जितेको छ।
बिहीबार भएको मतगणना भाजपाले भारी बहुमत ल्याउने देखिएको छ। १८२ सदस्यीय विधान सभामा उसले १३९ सिटमा जित हात पारिसकेको छ भने बाँकी १७ सिटमा अग्रता लिएको छ। यो जितसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेशमा भाजपाले सन् १९९५ देखिको आफ्नो पकड कायम राखेको छ। यो प्रदेशमा १९९५ यताका सबै चुनावमा भाजपाले बहुमत ल्याउँदै आएको छ। तर यसपालि उसलाई यति धेरै बहुमत आएको छ कि १८२ मध्ये १५६ सिट नै उसले जित्ने भएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??