पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकामा ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान” भन्ने नाराका साथ एबिसि नेपाल ,बेस नेपाल ,सुआहारा ,नेपाल रेडक्रस सोसाइटी नवलपरासी र असल छिमेकी संस्थाको समन्वयमा तथा सरावल गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा कार्यक्रम गरिएको थियो ।
महिला सन्जालकी अध्यक्ष भिमकला भट्टराईको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजमा महिला मात्र नभएर पुरुषहरु पनि हिसांमा परेका घटनाहरु देखिएको बताउदै यसको सामाजीक अवस्था बुझ्नुपर्ने अवस्था आएको सरोकारवालाहरुले बताएका छन ।
कार्यक्रममा एविसि नेपाल क्षेत्रीय प्रमुख मनोज लामिछाने , नेपाल रेडक्रस सोसाइटी नवलपरासीको सभापति राजेन्द्र अग्रहरी , अधिवक्ता सरस्वती शर्मा , नर्वेको क्लारा , राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक उमेश वि.क, कवि हरिलाल यादव लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेको थिए भने कार्यक्रमको सन्चालन सरावल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख खेम खनालले गरेका थिए ।
नवलपरासीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” कार्यक्रम सम्पन्न
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??