spot_img
spot_img
spot_img

सिद्धार्थनगरमा सडक फुटपाथ अतिक्रमण हटाउन सुरु

spot_img

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको छ । अतिक्रमण हटाउनका लागि नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ भने पहिलो पटकका लागि नगर प्रहरीहरुले दैनिक रुपमा खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरेका छन । फुटपाथ अतिक्रमण गरेकाहरुलाई पहिलो पटकका लागि सचेत गराएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले बताए।

यदी अटेर गरेको अवस्थामा अतिक्रमण गरेर राखिएको साम्रगी नियन्त्रणमा लिने पनि चेतावनी दिईएको उनले बताएका छन । फुटपाथ अतिक्रमणले नगर कुरुप देखिएको र सर्वसाधरणलाई हिड्डुल गर्न समेत समस्या भएपछि नगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन सुरु गरेको हो ।
विशेष गरी व्यवसायीहरुले बजार क्षेत्रको सडक फुटपाथ वननीअतिक्रमण गरेका छन् ।

नगर प्रहरीले अतिक्रमण गरेर राखिएको साम्रगी नगरपालिकाको कार्यालय ल्याउने गरेका छन् । नगरपालिकाको कार्यालयमा आएको साम्रगी व्यवसायीले लिन आएको खण्डमा व्यवसाय दर्ता, बहाल कर, व्यवसाय नविकरण गरे÷नगरेको समेत पहिचान गर्ने गरिएको छ ।

नियन्त्रणमा लिएको साम्रगी व्यवसायीले लिन आएको अवस्थामा सम्बन्धित व्यवसायको कागजी विवरण समेत क्रस चेक गर्ने गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । उनले कैफियत देखिएको अवस्थामा कानुन बमोजिम प्रक्रियामा लग्ने गरेको समेत बताएका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img