धादिङ्गमा एक दम्पतीको हत्या भएको छ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका ३ आहालेमा गयराती आफ्नै घरमा सुतिरहेको अवस्थामा ६२ वर्षका विष्णुबहादुर आलेमगर र उनकी ६० वर्षीया श्रीमती निरमायाको विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।
उनीहरूको शव ठाउँ–ठाउँमा धारिलो हतियारले प्रहार गरेर क्षतविक्षत बनाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिएका छन ।
आलेमगर दम्पतीको घर एकान्तमा भएकाले घटना हुँदा कसैलाई जानकारी नभएको स्थानीयवासीले बताएका छन् । हुलाक सेवाका पूर्व कर्मचारी रहेका विष्णु बहादुरका एक छोरा दन्त उपचार सेवामा काठमाण्डौमा बस्दै आएका छन् । घटनाबारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।