spot_img
spot_img
spot_img

सरावलको बडहरा दुबौलिया आयआर्जन साकोसको २४ औं वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रम

spot_img

– महेश यादव
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ बडहरा स्थित बडहरा दुबौलिया आयआर्जन बचत तथा ऋण सहकारी संस्था लि। को २४ औं वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । सरावल गाउँपालिकाकि उपाध्यक्ष बासमती चमार हरिजनले सम्बोधन गर्दै सहकारीले शेयर सदस्यहरुलाई प्रदान गरेको सेवा सुविधा र ऋण लगानी समान जनक रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष चमारले सहकारीका सम्पूर्ण सेयर सदस्यहरुलाई सहकारीलाई अगाडी बढाउन समयमै ऋण लिएको कारोबार लेनदेन गरी सहयोग गर्ने आग्रह समेत गर्नुभयो। सहकारीले बनाएको निति नियम तथा सहकारीमा आबद्ध सदस्यहरुको कार्य प्रगति अनुसार गरेको समान र प्रदान गरेको सेवा प्रति खुसि ब्यक्त गर्दै वहाँले सहकारीमा आबद्ध सम्पूर्ण सेयर सदस्यहरुलाई धन्यवाद समेत दिनुभयो।

सहकारीका अध्यक्ष विरेन्द्र प्रसाद यादवले वार्षिक प्रतिवेदन तथा आगामी बर्षको कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै २०७९ असाढ मसान्तसम्म १ करोड ६३ लाख २ हजार ४ सय रुपैया शेयर पुँजी रहेको बताउनु भयो। साथै सहकारीले रु ६० लाख २७ हजार १५१ रुपैया शुद्ध नाफा गरेको बताउदै आगामी बर्ष ८९ लाख ५२ हजार ९१० रुपैया खुद मुनाफा गर्ने लक्ष्य राखेको बताउनुभयो। सहकारीका व्यवस्थापक रामचन्द्र राजभरले वार्षिक लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गर्दै सरावल गाउँपालिका वडा नम्बर ३,४,५ र ६ कार्यक्षेत्र रहेको सहकारीमा महिला १४८९ जना महिला र ५४७ जना पुरुष गरि २०३६ जना सदस्य संख्या रहेको बताउनु भयो । सहकारीले कृषि, पशुपंक्षी पालन , व्यापार व्यवसाय, बैदेशिक रोजगार, घर जग्गा लगायत क्षेत्रमा ऋण लगानी गर्ने बताउनु भयो।

बुधवार नै सम्पन्न भएको अधिवेशनले अध्यक्ष विरेन्द्र प्रसाद यादवको अध्यक्षतामा पुन ११ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । त्यसैगरी अधिबेशनले लेखा सुपरिबेक्षण समिति, शिक्षा उपसमिति, ऋण असुली उपसमिति, ऋण उपसमिति र सल्लाहकार समिति समेत गठन गरेको छ। कार्यक्रममा विशिष्ट अतिथि सरावल गाउँपालिका कृषि शाखा प्रमुख कुलदिप मिश्र, सहकारी प्रमुख निशा चौधरी, सरावल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश यादव, ५ का वडा अध्यक्ष लक्षुमण प्रसाद चौधरी, ६ का वडा अध्यक्ष छोटेलाल गुप्त, ५ का पुर्व वडा अध्यक्ष दिनेश सहानी, जय बजरङ्ग ईट्टा उद्योगका म्यानेजर जनमजय यादव, समाजसेवी गोपिचन्द हरिजन, रेडियो परासीका संवाददाता सुरेश यादव, पत्रकार रुपेश राजभर, महेश यादव लगायतकाको उपस्थिति रहेको थियो ।

सहकारीका लेखा संयोजक शैलेश चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहकारीमा आबद्ध भई सकृय सहयोगीको रुपमा सहयोग गर्ने २४ जना सकृय सहयोगी सदस्य, २१ जना उत्कृष्ट बचत कर्ता, २० जना असल ऋणी र २३ जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img