बुटवल सुख्खानगर धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा विभिन्न कार्यक्रम गरेर रजत महोत्सव मनाइ रहेको छ । इन्द्रेणीले रक्तदान, सहकारी अन्तत्र्रिmया, वक्तृत्वकला, जीवन उपयोगि सीप लगायतका कार्यक्रम गरेर रजत महोत्सव मनाउदै छ। कार्यक्रम अन्तरगत बिहीबार जीवन उपयोगि सीप तथा कुर्चि दौड कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष धुर्व कुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ट उत्प्रेरक नेत्र पोखरेलले जीवनको महत्व र जीउने कलाका बारेमा प्रशिक्षण दिनु भएको थियो । जीवनको महत्व, जीवन जीउने कला, खुशी र सुखी जीवनशैली लगायतका बारेमा पोखरेलले सहजिकरण गर्नुभएको थियो ।
सहकारीका सदस्य धनी आलेको संयोजकत्वमा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष शिवलाल राना, पुर्व कोषाध्यक्ष दलबहादुर राना, सदस्य राधेश्याम राजभण्डारी लगायतले जीवनको महत्वका बारेमा आआफ्ना भनाई राख्नु भएको थियो । सोही अवसरमा आयोजित कुर्चि दौड प्रतियोगितामा तुल्सा पाण्डेय प्रथम, दोस्रो तिला बगाले द्वितीय हुनुभयो । २० जना प्रतिस्प्रर्धी महिलाहरुलाई पछि पार्दै तुल्सा र तिला विजयी हुनु भएको संस्थाका ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिनुभयो ।