रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले प्लाष्टिकजन्य पदार्थहरु नजलाउन सबैमा आग्रह गरेको छ । बातावरण र नागरिकको जनस्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिका भित्र पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरु नजलाउन अनुरोध गर्दै नगरपालिकाले एक विज्ञप्ती जारी गरेको हो । यदी कहीकतै त्यस्तो कार्य र गतिविधी गरेको पाईएमा कानुन अनुसार कारबाही गरिने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले सूचना जारी गर्दै जानकारी दिनुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??