spot_img
spot_img
spot_img

चिसो बढ्यो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

spot_img

चिसो बढेसँगै सरुवा रोगको प्रकोप बढ्नसक्ने भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । चिसो मौसममा विभिन्न रोगको प्रकोप बढ्नसक्ने भएकाले दीर्घरोगी, बालबालिका र गर्भवती महिलालाई विशष सावधानी अपनाउन मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुरले सुझाव दिनुभएको छ ।

चिसोबाट बच्न न्यानो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन, रातको समयमा सिरक, कमल जस्ता न्यानो कपडा ओड्न र घरबाहिर खुल्ला स्थानमा लामो समय नबिताउन उहाँले आग्रह गर्नुभयो । तातो खानेकुरा खान र तातो पानी पिउनु पर्नेमा पनि उहाँले जोड दिनुभएको थियो । सडेगलेको र बासी झिँगा भन्केका खानेकुराहरू नखान भन्दै उनले उमालेको वा क्लोरिनले शुद्धीकरण गरेको पानीमात्र पिउन पनि सुझाव दिनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img