‘तिमी फुल्यौ कतै’,’प्यारको दुनियाँमा’, ‘नजलाउ व्यर्थै’ छाती जस्ता दर्जनौ सुपरहित गित गाएर चर्चाका शिखरमा पुगेका गायक सौगात सायर फेरी तिम्रो याद नामक आधुनिक गित मार्फत उदाएका छन। केही समय संगित साधनामा ब्यस्त भएका सायरले तिम्रो याद नामक आधुनिक गित सार्वजनिक गर्दै दर्शक तथा श्रोताहरुको बिश्वास र मायाले फेरी आफु उदाएको बताउनु भयो। गायक तथा संगितकार सौगात सायरको स्वर तथा एरेञ्ज रहेको आधुनिक गितको रुपमा ल्याइएको म्युजिक भिडियो सहितको गितले फेरी नेपाली गित संगितमा नयाँ उर्जा र स्टेप थपिने बिस्वास गरिएको छ।
तिम्रो याद नामक आधुनिक गितको लुम्बिनी प्रदेशका सांसद भोज प्रसाद श्रेष्ठले बुटवलमा लोकापर्ण गर्नु भएको हो। उक्त गित आर।पि बादल युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।उक्त गितमा संगित तथा निर्माता आर।पि बादल, गितकार पम्फा बन्जाडे, छायाँकन तथा निर्देशक विष्णु भट्टाराईको रहेको छ भने दृश्य निर्माण अविरल फिल्मले गरेको छ । म्युजिक भिडियो सार्वजनिक गर्दै लुम्बिनी प्रदेशका सांसद भोज प्रसाद श्रेष्ठले गितसंगितको क्षेत्रमा समेत मोफलसल अघि रहेको बताउनु भयो ।राष्ट्रियस्तरमा हुने गायन तथा नृत्य प्रतियोगितामा रुपन्देहीबाट प्रतिनिधीत्व हुदै विश्वभर पुराउन सफल हुदै आएको बताउदै सांसद श्रेष्ठले नेपाली गितसंगितको विकास र संरक्षणमा सवैको चासो आवश्यक रहेको समेत बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ संगितकार सुरेश सेञ्चुरीले गित सोचे भन्दा धेरै राम्रो बनेको बताउदै समय अनुसार नयाँ पुस्ताको मनछुने सृर्जना निकाल्न सेञ्चुरीले आग्रह गर्नु भयो । हिट हुने नाममा कलाकारले समाजमा विकृति ल्याउने खालका गित ल्याउन नहुने संगित सेञ्चुरीले बताउनु भयो । पछिल्लो समयमा कलाकारलाई राज्यबाट नै अवहेलित भएको गुनासो पोख्दै नेपाली गितसंगित तथा संस्कृतिको विकासमा राज्यबाट नै चासोका साथ हेरिनुपर्ने संगितकार सेञ्चुरीले बताउनुभयो।
सो गितका एरेञ्ज तथा गायक सौगात सायरले दर्शक तथा स्रोताहरुको चाहाना अनुसार गित तय भएको बताउनु भयो ।गित निर्माण गर्दा सहयोग गर्नेहरुलाई धन्यवाद प्रकट गर्दै गितसंगितको विकासमा सवै तह लाग्नुपर्नेमा जोड दिनु भयो। साथै,सायरले मेला महोत्सवका कारण पछिल्लो समय गितहरुमा विकृति आइरहेको भन्दै ब्यावसायीक कलाकारहरुबाट निकालिएका गितहरु ओझेलमा परेको समेत दुख ब्यक्त गर्नु भयो । राज्यले कलाकारलाई पहिचान दिने परिचयपत्र उपलब्ध गराउनुपर्नेमा कुरालाई पनि गायक सायरले जोड दिनुभयो ।
कार्यक्रममा गिताकार तथा निर्देशक ऋषिराम न्यौपानेले गित संगित भित्र सन्देश र प्रेरणा भयो भने त्यस्ता सृर्जना जिवन्त हुने बताउनु भयो ।नेपाली गितसंगितमा विकृति र विसंगति आइरहेको भन्दै यि यस्ता गितहरु परिवारमा बसेर हेर्ने लायक नभएको बताउदै न्यौपानेले सभ्य गित संगितको सृजना गर्नु पर्नेमा जोड दिनु भयो । नेपाली संगित क्षेत्रको श्रीबृद्धिका लागी चासो देखाउनुपर्ने कुरा औँल्याउदै कलाकार बन्न निश्चत मापदण्ड हुनुपर्ने निर्देशक न्यौपानेको जोड रहेको थियो। कार्यक्रममा गायक सौगात सायरको माता विष्णुदेवी सुनार,साहित्यकार रुद्र ज्ञवाली,निर्देशक मनिष पन्थ,मोडल दिनेश पाण्डे लगायत मोफसलका पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।