नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो उम्मेद्वारी फिर्ता गर्न आग्रह गर्नुभएको छ । आज मङ्गलवार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि नेता थापाले यस्तो आग्रह गर्नुभएको हो।
उहाँले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको उल्लखे गर्दै सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै नेपाली कांग्रेसमा खुसी र उत्साह हुने उहाँको भनाई थियो ।
महामन्त्री थापाको संसदीय दलको नेताका लागि प्रस्तावकमा डा. शेखर कोइराला रहनुभएको छ भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ हुनुहुन्छ । संसदीय दलको चुनाव बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।
देउवालाई उम्मेदवारी फिर्ता लिन गगन थापाको आग्रह
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??