spot_img
spot_img
spot_img

स्वास्थ्यकर्मीहरु सामाजिक कार्यकर्ताको रुपमा परिचालन हुनुपर्छ -नगर प्रमुख प्रजापति

spot_img

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्यकर्मीहरुलाई सामाजिक कार्यकर्ताको रुपमा समाजमा सहयोगी र असल व्यवहारबाट काम गर्नुपर्ने बताउनुभएको छ। सोमबार भक्तपुर नगरपालिकाको सभाकक्षमा नगरपालिकाका वडा नर्सहरुसँगको बैठकमा बोल्नुहँदै उहाँले वडा नर्सहरुलाई हरदम जनताको सेवामा समर्पित भावले लाग्न मार्गनिर्देशन गर्नुभयो । भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवा सञ्चालन गर्नुको उद्देश्यहरुमाथि प्रष्ट पार्नुहुँदै उहाँले घरदैलो नर्सिङ सेवाबाट बटुलेको अनुभव लिपिबद्ध गर्न सके समाजको अवस्था चित्रण गर्न सहज हुने विषयमा स्वास्थ्यकर्मीहरुलाई उत्साहित गर्नुभयो ।

भक्तपुर नगरपालिकाको कामको मूल्यांकन देश विदेशबाट भइरहेको हुँदा अझ सचेत र सशक्त ढंगले काम गर्नुपर्नेमा जोड दिनुहुँदै नगरप्रमुख प्रजापतिले अरुले भन्दा फरक शैली र गुनासो नआउने ढंगले काम गर्न जोड दिनुभयो । त्यस्तै ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले वडास्तरमा स्वास्थ्य शिक्षाबारे अभिमुखीकरण सञ्चालन गरी जनतालाई सचेत पार्ने काममा वडा नर्सहरुले आवश्यक भूमिका खेल्नुपर्ने र वडासँग समन्वय गरी काम गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा ख्वप अस्पतालका व्यवस्थापक विश्वजित प्रजापतिले घरदैलो नर्सहरुबाट भइरहेको तथ्यांक संकलनलाई अझ व्यवस्थित गर्नुपर्ने बताउनुभयो। उक्त बैठकमा ख्वप अस्पतालका घरदैलो वडा नर्सहरुले मंसिरको मासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img