spot_img
spot_img
spot_img

पुरुषको भारी आवाज हुनुको अर्थ के हो, महिलालाई किन मन पर्छ ?

spot_img

एजेन्सी । पहिलो भेटमा कसैबारे धारणा बनाउने बेला उनीहरुको बोल्ने शैलीलाई धेरै महत्व दिइन्छ । यति मात्र होइन हामी जीवनको हरेक पक्षमा यो कुरालाई धेरै महत्व दिन्छौँ । हामी राजनीतिज्ञ, हाम्रा साथीहरू, हाम्रा साझेदारहरू पनि उनीहरूको स्वर र बोल्ने तरिकाको आधारमा छनोट गर्छौं । यस्तो किन हुन्छ ? यस्तो यसकारण किनभने हाम्रो आवाजले हामीबारे हाम्रो सोचभन्दा पनि धेरै कुराको जानकारी दिन्छ । मोन्टपेलियर युनिभर्सिटीकी भाषाविज्ञान अनुसन्धानकर्ता मेलिसा बरकत डिफ्राउड्स भन्छिन्, ‘तपाईं आफ्नो आवाजमार्फत् शब्दहरू बोल्नुहुन्छ र यसमार्फत जानकारी साझा गर्नुहुन्छ, तर यसबाहेक यसले तपाईंको जैविक स्थितिको बारेमा मात्र नभई तपाईंको व्यक्तित्वको बारेमा पनि बताउँछ ।’
‘यसले तपाइँ के गर्नुहुन्छ र तपाइँ आर्थिक रूपमा कहाँ हुनुहुन्छ भनेर पनि देखाउँछ ।’ यसले मानसिक स्वास्थ्यसहित तपाईंको समग्र स्वास्थ्य बारे पनि बताउँछ । अर्थात् तपाईंको आवाजको गुणस्तरले तपाईंबारे यी सबै जानकारी दिन्छन् ।’
मानिसको आवाजमा निकै थोरै भिन्नता हुन्छ जुन तपाईंले एक सेकेन्डको १० औँ हिस्साभन्दा पनि कम समयमा महसुस गर्नुहुन्छ र तपाईं यी व्यक्ति बारे धारणा बनाउनुहुन्छ । तर हामीले विशेष गरी खोज्ने ध्वनि गुणस्तर के हो रु वा, उदाहरणका लागि, कुनै व्यक्तिको आवाजको भरमा हामी ती व्यक्तिलाई नेता कसरी छान्छौँ ? यस सन्दर्भमा चुनावी नतिजाहरूले गहिरो आवाजका उम्मेदवारहरू चुनाव जित्ने संकेत गर्दछ । भारी आवाज भएका व्यक्तिहरूलाई बढी सक्षम, जागिरका लागि बढी योग्य र बढी विश्वासयोग्य मानिन्छ ।

आवाजले लोकप्रियता बढाउँछ

चाखलाग्दो कुरा के छ भने, हाम्रो वातावरणका कारण पनि हाम्रो आवाज र लवजमा परिवर्तन हुन्छन् । हामी साधारणतया एक–अर्काको नक्कल पनि गर्छौँ र यस्ता साथी छनोट गर्छौँ जसको आवाज र लवज हामीसँग मिल्दोजुल्दो हुन्छ ।
युनिभर्सिटी अफ लियोनकी बायोकोस्टेशन कटारजिना पिसासिन्की भन्छिन्, ‘सामान्य कुराकानीमा अर्को व्यक्तिको कुराकानीअनुसार हामीले हाम्रो स्वर र टोन परिवर्तन गर्नु सामान्य कुरा हो ।’
‘यदि कोही बिस्तारै बोल्छ भने, हामी पनि बिस्तारै बोल्छौँ । यदि कोही छिटो बोल्छ भने, हामी पनि त्यस्तै गरी कुरा गर्छौँ । यो हामीमा रहेको एउटा विशेषता हो जसले हामीलाई अरूसँग अन्तरक्रिया गर्न मद्दत गर्छ,’ उनी थप्छिन् ।
यसबारे रोमान्टिक आकर्षणबारे कुरा गर्नुपर्दा के हामी भन्न सक्छौँ कि केही आवाज अन्यको तुलनामा बढी आकर्षक हुन्छन् रु
लामो समयदेखि सोच्दै आएको थियो कि जसरी भारी आवाजले राजनीतिज्ञलाई लोकप्रिय बनाउँछ, त्यसले पुरुषलाई पनि आकर्षक बनाउँछ ।

मेलिसा बरकत डिफ्रेड्स भन्छिन्, ‘पुरुषहरूमा पाइने टेस्टोस्टेरोन हर्मोन उनीहरूको आवाजको भारीपनसँग विपरित सम्बन्ध छ अर्थात् यदि कसैको आवाज भारी छ भने उभित्र टेस्टोस्टेरोनको स्तर कम छ ।’
‘हामीलाई थाहा छ कि टेस्टोस्टेरोनले पुरुषलाई निकै फाइदा हुन्छ । यहाँसम्म कि उनीहरुको प्रजनन क्षमता पनि यसमा समावेश छ ।’ उनका अनुसार आफ्नो आवाजमा भारीपनमार्फत् अर्थात् लवज र आवाजमार्फत् एक पुरुष आफ्नो साथीलाई आफ्नो क्षमताको संकेत दिनसक्छन् । यसको अर्थ यो हो कि ती व्यक्तिको प्रतिरोधी क्षमता पनि राम्रो छ र उनी निकै आक्रामक र प्रभावशाली छन् । यसका साथै उनीसँग नेतृत्व कौशल पनि छ ।

के भारी आवाजले महिलालाई आकर्षित गर्छ ?

यही कारणले गर्दा आजकल जीवविज्ञानीहरू भन्छन् कि महिलाहरूलाई भारी वा गहिरो आवाज आकर्षक लाग्छ । यस परिकल्पनाको आधारमा, के हामी पुष्टि गर्न सक्छौँ कि त्यो खास के चिज हो जसले महिलाको आवाजलाई आकर्षक बनाउँछ ?

जब विश्वभर विभिन्न आवाजबारे अनुसन्धान गरियो तब यो पत्ता लाग्यो कि आवाजको पिच बढी हुने महिलाले छिटो पार्टनर पाउँछन् ।
यो पनि साँचो हो कि युवतीहरुको आवाजको पिच बढी हुन्छ र यसले उनीहरुको उमेर र उनीहरुको सौन्दर्यलाई देखाउँछ ।
यस सम्बन्धमा भएको अनुसन्धानमा के पत्ता लागेको छ कि महिला डेट्समा आफ्नो आवाजको पिच बढाउँथे तर पछिल्लो केही वर्षमा केही अनुसन्धानकर्ताहरुका अनुसार यसमा परिवर्तन आइरहेको छ । अर्थात् महिला कुनै आकर्षक व्यक्ति अगाडि आउँदा आफ्नो आवाज हल्का बनाउने गर्छन् ।
युनिभर्सिटी अफ लियोनका बायोएथिसिस्ट कटार्जिना पिस्किन्कीले एक अध्ययन गरे जसमा केही महिलाले एक निश्चित व्यक्तिसँग ६ मिनेटसम्म कुराकानी गरे र उनीसँग ती व्यक्तिलाई मन पराउन र मन नपराउनका लागि एक उपकरण थियो । यसबाहेक उनीहरुको आवाज पनि रेकर्ड गरिँदै थियो । कटार्जिना पिसान्स्कीले आफ्नो आवाजको तुलना उनीहरुको आफ्नो आवाजको बेसलाइनसँग गरे र उनले के नतिजा पाए भने जुन पुरुष उनलाई मन परे, उनीहरुके अगाठि उनले आफ्नो आवाज हल्का पारे र जुन पुरुष उनलाई मन परेनन्, उनीहरुको अगाडि आफनो आवाजको पिच बढाए ।
उनले यो पनि पाए कि पुरुषहरूले पनि नरम स्वर भएका महिलाहरूलाई मन पराउँछन् । यस्तै खालको अर्को अध्ययनले फ्रान्सेली पुरुष र महिलाहरूको आवाजको जाँच गर्‍यो र पत्ता लगायो कि फ्रान्सेली पुरुषहरूलाई ती महिला बढी आकर्षक लाग्यो जसको आवाज भारी थियो वा कम पिचको थियो । मेलिसा बरकत डिफ्राउड्स भन्छिन्, ‘लामो समयसमम हामी यो भ्रममा रह्यो र अब हामीले यसबारे सांस्कृति रुपमा पनि परिवर्तन देखिरहेको छौँ जुनन निकै रोचक छ किनभने जुन कुरा हामीले फ्रान्सेली पुरुषमा देख्यो, त्यो मैले यसअघि अन्य संस्कृतिमा देखेको थिइनँ ।’

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img