रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का जनप्रतिनिधिले छाडा चौपायाको व्यवस्थापनको लागी अघी बढेका छन । नगर क्षेत्रभित्र रहेका छाडा चौपायाहरुको व्यवस्थापन सुरु गरेपछि उक्त अभियानमा साथ जनप्रतिनिधिहरु पनि अग्रसर देखिएका हुन । वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले भन्नुभयो, ‘छाडा चौपायाका कारण सवारी दुर्घटना हुने, गहुँबालीमा क्षति पुग्ने जस्ता समस्या भएपछि नगरपालिकाले सुरु गरेको व्यवस्थापन अभियानमा साथ दिन लागिपरेका छौं । ’उहाँले गाईले दुध दिन छोडेपछि सडकमा छाड्ने प्रवृत्तिले छाडा चौपायाको संख्या बढेको बताउदै अब छाडा चौपाया व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडा सदस्य हरि बहादुर केसीले छाडा चौपायाका कारण किसान बढी मर्कामा परेको बताउदै छाडा चौपाया व्यवस्थापनमा सहयोगका लागि वडा समितिको आकस्मिक बैठक बसेर यो निर्णय गरिएको जानकारी दिनुभएको छ ।