बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले मैनाबगरमा रहेको मैनाबगर आधारभुत बिद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । युवासंघ नेपाल रुपन्देही महिला बिभागको आयोजनामा उक्त सामाग्रीहरु बितरण गरिएको हो। कार्यक्रममा युवा संघ नेपाल रुपन्देही महिला बिभाग प्रमुख श्रद्वा कुबंरले युवासंघ नेपालले राजनितिकसंगै सामाजिक क्षेत्रमा केहि गर्नुपर्छ भन्ने उद्धेश्यले शैक्षिक सामाग्रीको बितरण गरिएको बताईन।
सो अवसरमा बिद्यालयमा पढ्ने १२० जना बिद्यार्थीलाई करिब ६ महिनालाई पुग्ने शैक्षिक सामाग्री बितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपन एमाले प्रदेश कमिटि सदस्य तथा अनेमा संघका केन्द्रीय सदस्य ज्ञानु केसीले युवाहरु राजनिति परिबर्तन संगै सामाजिक काममा लाग्नु पर्ने बताईन ।राष्ट्रीय युवा संघ नेपाल महिला बिभाग रुपन्देहीद्वारा |जुन खालकाे स्टेसनरी सहयोग गरि बिद्यार्थी लाई पठनपाठन गर्न हाैसाला बढेकाे आगामी दिनमा पनि यसलाई थप निरन्तरता दिन आग्रह गर्नुभयाे।
कार्यक्रममा युवा संघ नेपाल रुपन्देही जिल्ला इन्चार्ज नकुल शाहि ठकुरी, केन्द्रीय सदस्य कल्पना पाण्डे मगर, जिल्ला अध्यक्ष मनोज गौचन, जिल्ला उपाध्यक्ष बिकास जङ बस्नेत, उपाध्यक्ष बिकास गतहराज, बुटवल नगर अध्यक्ष सुदर्शन खाम्छा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम राधिका महतको संचालन तथा श्रद्वा कुबंरको अध्यक्षमा सम्पन्न भएको थियो ।