भरतपुर महानगरपालिकाले नारायणगढ–गोन्द्रङ सडक खण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आजदेखि भत्काउन सुरु गरेको छ । सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेकाले यस क्षेत्रमा अतिक्रमण गरी बनाईएका घरटहरा भत्काउन सुरु गरिएको हो ।
डिभिजन सडक कार्यालय चितवनले यो सडक निर्माणका क्रममा ५८ घर भत्काउनुपर्ने देखिएको जनाएको छ । कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दापनि घरधनीले अटेर गरेपछि नगरपालिका आफैले भत्काउन लागेको हो । घरका टप भत्काउनुपर्नेको सङ्ख्या एक सयभन्दा माथि छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??