सिरियल किलर भनेर चिनिने फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएसंंगै फ्रान्स पठाईएको छ। केन्द्रीय कारागार सुन्धाराले शोभराजलाई जेलमुक्त गरी अध्यागमन विभाग पठाएपछि उनलाई फ्रान्स पठाईएको हो। गएको बुधवार सर्वोच्च अदालतले उमेरका कारण शोभराजको बाँकी कैद सजाय मिनाहा गरेर रिहा गर्न आदेश दिएको थियो। शोभराजलाई अबको १० वर्ष नेपाल आउन नपाउने गरी फ्रान्स फिर्ता पठाएको विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले बताउनुभयो । शोभराज दोहा हुँदै भोलि शनिवार पेरिस पुग्ने उहाँले बताउनुभयो ।
२०३२ साल पुस ६ गते अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र लरेन्टको हत्या आरोप लागेपछि भाग्दै आएका शोभराजलाई २०६० साल असोज २ गते काठमाण्डौको एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेसँगै हत्या र फर्जी राहदानीको अभियोगमा जिल्ला अदालत काठमाण्डौले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
चार वर्षअघि नै ७४ वर्ष पुगेका शोभराजले कारागार नियमावलीअनुसार आफू छुट्नुपर्ने दाबी गर्दै पटक–पटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए। भारत, थाइल्यान्ड, टर्की, इरानलगायतका देशमा गरी २० जनाभन्दा धेरैको हत्यामा संलग्न भएको आरोप लागेका शोभराजले भारत र नेपालको जेलमा गरी २० वर्ष बिताएका छन् । भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत प्रभावमा पार्न पोख्त मानिने शोभराजलाई ुबिकिनी किलरु, ुसिरियल किलरु र ुद सर्पेन्टु उपनामले विश्वभर चिनिन्छ