रुपन्देहीको गैडहवामा टिकटक स्टार प्रिति पासवान आउने भएकी छिन। क्रिमसको अवसरमा सिद्धार्थ रिसोर्ट प्रालिको प्रस्तुतीमा हुने सिद्धार्थ सांस्कृतिक सांझ २०७९मा आफ्नो सांगेतिक प्रस्तुति सहितको अभिनय शोका लागि टिकटक स्टार प्रिति आउने भएकी हुन । बिहिबार गैडहवा ६ सूर्यपुरामा रहेको सिद्धार्थ रिसोर्ट प्रालिले पत्रकार सम्मेलन गरी सिद्धार्थ साँस्कृतिक साँझमा मुख्य आकर्षकको रुपमा प्रिति आउने जानकारी दिएको हो। रिसोर्टका प्रबन्धक राजु लोधले स्थानीय कला र संस्कृतिको सम्बद्र्धन र प्रबद्र्धनका लागि आयोजित उक्त सांझमा टिकटक स्टार प्रिति सहित सुपर डान्सरहरु सुशिला, गोमा र विपनाको बिशेष नृत्य प्रस्तुत हुने बताउनु भयो।
व्यबसायिक नाफासंग मात्र नभई स्थानीय कला संस्कृति र परम्परागत खानाका परिकारहरु पनि प्रबद्र्धन गर्नु होटल व्यबसायीहरुको मुख्य कर्तब्य हुने भएकोले पनि सांस्कृतिक साँझको आयोजना गरिएको रिसोर्टका प्रबन्धक लोधले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो। स्थानीय कला र संस्कृति भनेको स्थानीय रुपमा प्रयोग गरिने रैथाने भाषा भेषभुषा र गित संगित भएकोले सिद्धार्थ साँस्कृतिक साँझ मार्फत रैथाने भाषा भेषभुषा र गित संगितको संरक्षण र प्रबबद्र्धन गर्नको लागि प्रयास गरिएको प्रबन्धक लोधले जानकारी दिनु भयो। पुस ८, ९ र १० गते गरी दिन सम्म हुने साँझमा रुपन्देही जिल्लाकै ठूलो ताल गैडहवातालमा पाइने रैथाने माछाको परिकार, खानाको परिकार र गितसंगित समेत समेत व्यबसायिक प्रबद्र्धनका लागि राखिने आयोजकले जनाएको छ।
सिद्धार्थ साँस्कृतिक साँझ अवलोकन गर्न ९ र १० गते टिकटको व्यबस्था गरिएको भएपनि ८ गते पहिलो दिन प्रबेशका लागि निशुल्क गराएको सिद्धार्थ रिसोर्टका प्रबन्धक लोधले जानकारी दिनु भयो।कार्यक्रम सिद्धार्थ रिसोर्ट प्रा।लि। सूर्यपुरामा साँझ ५ बजे देखि सञ्चालन हुने छ, । पत्रकार सम्मेलनको सहजिकरण रेडियो शुद्धोदनका म्यानेजिंग डाइरेक्टर रवि रानाले गर्नु भएको थियो।