कौरव खत्री//
गुल्मीको मुसिकोट नगरपालिकाामा रहेको ददल्का माध्यमिक विद्यालयलाई समाजसेवी तिन भाई खरेलद्धारा ३ लाखको अक्षयकोष स्थापना गरेका छन । मुसिकोट नगरपालिका वडा नं ९ ददल्का जन्म स्थान भई हाल चितवन र काठमाण्डौमा बसोबास गर्दै आएका भएका समाजसेवी डिलाराम खरेल र उँहाका भाइहरु बावुराम खरेल र रामु खरेलद्वारा मुसिकोट नगरपालिका वडा नं ९ ददल्का गुल्मी स्थित रहेको ददल्का माध्यमिक विद्यालयका गरिव,जेहेन्दार एवम् लगनशील विद्यार्थीहरुलाई प्रदान गर्ने गरि ३ लाखको अक्षयकोष स्थापना गरेका हुन।
त्यस्तै ददल्का माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एवम् माध्यमिक विद्यालयका सञ्चालनार्थ संस्थापक सदस्य रहनु भएका डिलाराम खरेल, बावुराम खरेल, रामु खरेलले हाल कर्म थलो जापानलाई बनाएर सफल व्यवसाय गर्दै आएका छन । कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष भूमा गुरुङ्ग, समाजसेवी चन्दादाता डिलाराम खरेल, विद्यालयका प्रधानाध्यापक बुद्धिमणी खरेल, शिक्षाप्रेमी रामकृष्ण कंडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारि, चन्दादाता, समाजसेवी ,शिक्षाप्रेमी, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।
ददल्का माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम खरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक गोविन्द वि।क।को स्वागत तथा शिक्षक कालिदास खरेलले सञ्चालन गर्नुभएको थियो ।
गुल्मीका तिनभाईद्वारा विद्यालयलाई ३ लाखको अक्षयकोष स्थापना
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??