१३० औं माओ जन्म दिवसको अवसरमा बाँकेको नेपालगन्जमा सरसफाई एवं कोणसभा कार्यक्रम सम्पन्न भएको छ ।
यस अवसरमा भेरी अस्पताल परिसर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । सरसफाइ कार्यक्रम पछि लगत्तै भेरी अस्पताल अगाडि चोकमा चिनियाँ नयाँ जनवादी क्रान्तिमा कमरेड माओको योगदान र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा कमरेड माओको सिद्धान्त र विचारको महत्त्वबारे खुल्ला कोणसभा सम्पन्न गरिएको छ ।
कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी ( मशाल ), नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) र नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) को संयुक्त आयोजनामा सम्पन्न भएको हो । यस कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ( मशाल ) केन्द्रिय सदस्य गौरीलाल कार्की, नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) का केन्द्रिय सदस्य प्रेमबहादुर चलाउने ( अनन्त ) र नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) का केन्द्रिय सदस्य लक्ष्मी चौलागाईं ( प्रतिज्ञा ) ले सम्बोधन गरेका छन् ।
उनीहरुले कमरेड माओको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रहेको चर्चा गर्दै नेपालको कम्युनिस्ट आन्दोलनमा माओका विचार र सिद्धान्तको अनुसरणले क्रान्तिकारी आन्दोलन सफलतामा पुग्ने चर्चा गरेका थिए । कार्यक्रमको संचालन नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) का केन्द्रिय सदस्य तथा बाँके संयोजक कृष्ण शाहले गरेका थिए ।