रुपन्देहीको शुद्धोधन गाँउपालिकामा पहिलो पटक ५० हजार पुरस्कार राशीको क्यारेमबोर्ड प्रतियोगिता सम्पन्न भएको छ। आइतबार सम्पन्न प्रतियोगितामा आयोजक क्लव नवदुर्गा युवा क्लवका आकाश गुरुङ्ग र मिलन थापाको समूह प्रथम भएका छन। विजेता भएसंगै उनिहरुले नगद ५० हजार रुपैया प्राप्त गर्न सफल भएका छन।
नव दुर्गा युवा क्लव, शुद्धोदन ३, रुपन्देहीको आयोजनामा सञ्चालन भएको सो प्रतियोगितामा भैरहवाका भोला र बिशाल थापाको समूह दोश्रो भएका छन। भोला र बिशालको समूहले द्वितिय स्थान हासिल गरेसंगै नगद २५ हजार रुपैया प्राप्त गर्न सफल भएका छन। ४६ समूहको सहभागिता रहेकोप्रतियोगितामा आयोजक क्लवका आकाश बुढा मगर उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका थिए।
उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएसंगै बुढा मगरले २ हजार रुपैया प्राप्त गरेका छन। प्रतियोगितामा दुर्गा बहादुर थापा र घनश्याम पराजुलीको समूह तेश्रो भएका थिए। क्लवका अध्यक्ष अजय चौधरीको अध्यक्षता तथा मिन प्रसाद सुवेदीको सञ्चालनमा प्रतियोगिता सम्पन्न भएको हो।