बागलुङ/कौरव खत्री
बागलुङको गलकोट क्षेत्रको शैक्षिक अध्धयनको क्रममा जापानका प्राध्यापक सहितको टोली नेपाल आएको छ। बागलुङको गलकोट नगरपालिका भित्रका विभिन्न विद्यालयहरूको स्थलगत अवलोकन समेत गरेको छ ।
टोलीले गलकोट वहुमुखी क्याम्पस, न्यू लाईफ वोर्डिङ स्कुल, गोल्डेन फ्युचर वोर्डिङ स्कुल, प्रगति आधारभुत विद्यालयको स्थालगत अवलोकन गरेको थियो । स्थलगत अवलोकनको क्रममा बोल्दै सोफिया विश्वविद्यालयका प्राध्यापक डाक्टर मसाको तनाकाले शैक्षिक संस्थाले भाषिक शुद्धता, प्रविधीमैत्री शिक्षामा केन्द्रित हुदै देशको प्रगतीका लागि दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक संस्था क्रियाशिल रहनुपर्ने बताउनुभयो ।
जापानको सोफिया विश्वविद्यालयका प्राध्यापक डाक्टर मसाको तनाका, नेपाल स्थित उहाँका सहायक अनुसन्धानकर्ता डाक्टर बिजय ज्ञवाली सहितको टोलीले शैक्षिक संस्थाहरुमा पुगि शैक्षिक गतिविधी, भौतिक पुर्वाधार, विद्यार्थी र शिक्षकको शैक्षिक अवस्था लगायतको विषयमा अध्ययन गरेको गलकोट वहुमुखि क्याम्पसका सहायक प्राध्यापक विर बहादुर बोहोरा क्षेत्रीले जानकारी दिनुभयो ।
साथै प्राध्यापक मसाको तनाकाको टोलीले रोजगारीको शिलशिलामा गलकोट देखि जापानमा विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेका नेपाली विद्यार्थीहरुले भोग्नुपरेका भाषिक समस्या, शिक्षाको गुणस्तरको बारेमा अन्तरक्रिया गरेको थियो ।
सोही अवसरमा नेपाल देखि विद्यार्थी भिसामा जापान लगायत अन्य मुलुकमा जाँदा के कस्तो सावधानी अपनाउन पर्दछ, कस्ता विषयवस्तुमा जानकारी समेत गराईएको थियो । कार्यक्रम गलकोट बहुमुखी क्याम्पसका सहायक प्राध्यापक विर बहादुर बोहोरा क्षेत्रीको सहजिकरणमा सम्पन्न भएको थियो ।
जापानका प्राध्यापक सहितको अध्ययन टोली बागलुङको गलकोटमा
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??