नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी अल स्टार्सले रोमाञ्चक जित हात पारेको छ । अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीले पोखरा एभेन्जर्समाथि तीन विकेटको रोमाञ्चक जित निकालेको हो । पोखराले दिएको १ सय ३४ रनको लक्ष्य लुम्बिनीले अन्तिम बलमा छक्का प्रहार गर्दै भेटायो । लुम्बिनीका लागि दक्षिण अफ्रिकाका अलराउन्डर श्याडली भान स्खलक्विकले अन्तिम बलमा छक्का प्रहार गर्दै ११ बलमा ३१ रन बनाए । यस्तै कुशल भुर्तेलले ३९ रन बनाए । बलिङतर्फ पोखराका विपीन खत्री र कुशल मल्लले दुईरदुई विकेट लिएका छन ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले ६१ र श्रीलङ्काका उपुल थराङ्गाले ४२ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका अलराउन्डर स्खलक्विकले तीन विकेट लिए । लगातार तेस्रो खेल जित्दै लुम्बिनी अङ्क तालिकाको शीर्ष स्थानमा छ भने लगातार तेस्रो खेल हारेको पोखरा तालिकाको पुछारमा छ ।
नेपाल टी २० लिगमा लुम्बिनीको रोमाञ्चक जित
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




