कार्यविधि विपरीत सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन गृह मन्त्रालयले मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । आज मङ्गलवार विज्ञप्ति निकालेर विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत खटाइएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्देशन दिएको जानकारी गराउनुभएको छ। नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??