प्रतिनिधि सभाको अधिवेशन आउँदो पुस २५ गतेका लागि तय गरिएको छ । संविधानको धारा ९३ को उपधारा १ बमोजिम सङ्घीय संसद्को अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको हो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावबाट यस वर्ष संसदमा १२ वटा राजनीतिक दल र चार जना स्वतन्त्र सांसद विजयी भएका छन् भने सात वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??