spot_img
spot_img
spot_img

गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

spot_img

गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन् । गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता हुन निर्देशन दिएको थियो । मापदण्डविपरीत पूर्वकर्मचारी, सुरक्षाकर्मीसहितका व्यक्तिको सुरक्षामा खटिएका नेपाल प्रहरीका १०३ जना र सशस्त्र प्रहरी ९१ जनागरी १९४ सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभएको छ ।

गएको मंगलबार गृहमन्त्री रवि लामिछानेले कार्यविधिविपरीत सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता हुन निर्देशन दिनुभएको थियो । १९४ सुरक्षाकर्मी फिर्ता भएको यो तथ्यांक केन्द्रको मात्र भएको र जिल्लामा निर्देशन दिएकाले यो संख्या अझ धेरै हुन सक्ने प्रवक्ता पोखरेलले बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img