spot_img
spot_img
spot_img

राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा हेटौंडामा अण्डा वितरण

spot_img

हेटौंडा // हेटौंडामा राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा उसिनेको अण्डा वितरण गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडा, मकवानपुर , पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय बाग्मती प्रदेश तथा कुखुरा व्यवसायी संघ मकवानपुरको आयोजनामा, पोल्ट्री दिवसको अवसरमा मजदुरहरुलाई अण्डा वितरण गरिएको हो।

शनिवार हेटौंडाको बुद्ध चोकमा मजदुरहरुलाई अण्डा तथा मासु उपभोगको महत्वका बारेमा जानकारी दिदै १२६० उसिनेको अन्डा करिब ५०० मजदुरहरुलाई बितरण गरियो । भोलि पुष १७ गते पोल्ट्री दिबसको अबसरमा चलिरहेको सप्ताहव्यापी कार्यक्रम सम्पन्न हुने पशु सेवा अधिकृत डा. विमोचन पौडेलले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा कुखुरा व्यावसायि संघ, मकवानपुरबाट गोकुल नाथ पौडेल ,भेटेरिनरी अस्पतालको तर्फबाट डा. विमोचन पौडेल , देबराज पराजुली , भगवान अधिकारी , मोहित शाह लगाएतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img