नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन हुनुभएको छ । दाङ क्षेत्र नम्बर ३ (क) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी बहालवाला पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री हुनुहुन्छ। संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेको भएपनि अन्तिममा चौधरीको पक्षमा सर्वसम्मत सहमति जुटेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता समेत रहेका प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपानेले जानकारी दिनुभएको छ। प्रदेश सभामा कांग्रेसको संस्थापन पक्षको बहुमत रहेकोले पनि चौधरी निर्वरोध निर्वाचित हुन सहज भएको हो ।
हाम्रो बारेमा
फरक मिडिया प्रा.लि.
कम्पनी दर्ता :२९७८५३/२०७९/८०
सूचना विभाग दर्ता :३६६३-२०७९/८०