spot_img
spot_img
spot_img

दिल्लीको सडकमा भएको एक विभत्स दुर्घटना !

spot_img

एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा भएको एउटा सडक दुर्घटनामा एक जना युवतीको मृत्यु भएको छ। अंग्रेजी नयाँ वर्षको पहिलो दिन बिहान उज्यालो नहुँदै भएको उक्त दुर्घटनामा ती युवती विभत्स तरिकाले मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। टाइम्स अफ इन्डियाका अनुसार जनवरी १ तारिखको बिहान सवा तीन बजेतिर दिल्लीको सुल्तानपुरीमा एउटा कारले स्कुटरलाई ठक्कर दिएको थियो। स्कुटरमा २० वर्षीया अञ्जली सिंह सवार थिइन्।

कारसँग स्कुटर ठोक्किएपछि अञ्जलीका लुगा कारको पांग्रामा अल्झिए। दुर्घटनापछि कार रोक्नुको साटो चालकले कार कुदाइरहे। पांग्रामा अल्झेको कपडासँगै अञ्जलीलाई पनि कारले घिसार्‍यो। करिब ४ किलोमिटर कुदेपछि चालकले गाडी रोके। त्यतिबेलासम्म अञ्जलीका सबै लुगा शरिरबाट छुटिसकेका थिए। त्यसपछि कारमा सवारहरूले उनको शव सडकमा छोडेर भागेका थिए।
प्रत्यक्षदर्शीहरूले खबर गरेपछि प्रहरीले पछि कारमा सवार पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूले अञ्जली कारको पांग्रामा अड्किएको आफूहरूले थाहा नपाएकाले गाडी कुदाएको प्रहरीलाई बयान दिएका छन्।

मृतककी आमा रेखाले भने छोरीको मृत्यु दुर्घटनामा नभई उनको हत्या भएको बताएकी छन्। अञ्जली घरकी जेठी छोरी थिइन्। उनका बुवाको निधन भइसकेकाले उनी परिवारको सहारा बनेकी थिइन्। ‘मेरी छोरी राती अबेर फर्किन्छु भनेर गएकी थिई, बिहान त उसको मृत्युको खबर आयो,’ रेखाले भनिन्। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले उक्त घटनामा संलग्नलाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img