spot_img
spot_img
spot_img

पेरिस सेन्ट जर्मेन राम्रो फर्ममा रहेको लेन्ससँग ३–१ गोल अन्तरले पराजित

spot_img

साबिक विजेता पेरिस सेन्ट जर्मेन राम्रो फर्ममा रहेको लेन्ससँग ३–१ गोल अन्तरले पराजित भएको छ । लिग वानमा पीएसजी पराजित भएको गत मार्च यता पहिलोपटक हो । गत मार्च २० मा पीएसजी मोनाकोसँग ३–० गोलले पराजित भएको थियो । यो सिजन लेन्सले लिगका १७ खेलमा मात्र एक पटक हार बेहोरेको छ । जीतसँगै टोली शीर्ष स्थानमा रहेको पीएसजीभन्दा मात्र ४ अङ्कले पछि रहेको छ । लेन्सले आफ्नो घरेलु मैदानमा खेलको पाँचौँ मिनेटमा नै प्रेज्मिस्ल फ्रांकोवोस्कीको गोलको मतमा अग्रता लिएको थियो ।

ह्युगो एकिटिकेले पीएजीका लागि लगत्तै गोल फर्काए पनि लुइस ओपेन्डा र एलेक्सिस क्लाउने माउरिसले गोल गर्दै लेन्सको जीत सुनिश्चित गरे । पीएसजी नेयमार र लियोनेल मेस्सीबिना नै मैदानमा उत्रेको थियो । नेयमारले पछिल्लो खेलमा रातो कार्ड पाएका थिए भने मेस्सी अझै विश्वकपपछि फ्रान्स फर्किएका छैनन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img