spot_img
spot_img
spot_img

देवदहमा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने

spot_img

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा गौतम बुद्ध अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता २०२३ हुने भएको छ। देवदह कराँते डो एकेडेमीको आयोजनामा हुने उक्त प्रतियोगिता पुस २६ देखि २८ गते सम्म  चल्ने मंगलबार पत्रकार सम्मेलन गरि आयोजकले जनाएको हो। प्रतियोगितामा २५ गते सम्म नाम दर्ता गराउन सकिनेछ।

लुम्बिनी प्रदेश मै पहिलो पटक देवदहमा हुन लागेको अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, भुटान, बाङ्लादेश र क्यानेडा सहित ७ देशको सहभागिता रहने खेल संयोजक दिपक चापागाईंले बताउनुभयो। प्रतियोगितामा १०० टिम सहभागीता रहने उहाले बताउनुभयो।

प्रतियोगितामा पुरुषतर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ , ७०, ७५, ८० र ८५ किलो तौल समुह र एकल काताको खेल हुने छ। यस्तै महिलातर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६१,६८ र ६८+ किलो तौल समुह र एकल काताको खेल हुने आयोजक संस्थाका अध्यक्ष सोभाकर पन्थले जान्कारी दिनुभयो। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, भुटान, बाङ्लादेश र क्यानेडाका १-१ रेफ्री र अन्य नेपालका अफिसियल रेफ्री हुने उहाले बताउनुभयो। प्रतियोगितामा प्रथम, दोस्रो र तेश्रो हुनेलाई हुनेलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद सहित पुरस्कृत गरिने उहाले बताउनुभयो। प्रतियोगिताका लागि करिब ६५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले जुन उद्देश्य साथ प्रतियोगिता आयोजना गरिएको छ त्यो  पूरा होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो। उहाले यस प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देवदहको नाम परिचित हुने कुरामा आशावादी रहेको बताउदै सबैलाई आ-आफ्नो तर्फबाट सहयोग गर्न आग्रह समेत गर्नुभयो।

कार्यक्रम एकेडेमीका अध्यक्ष सोभाकर पन्थको अध्यक्षता र दिपेश मल्लको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img