नेपाल टी–२० प्रिमियर लिग क्रिकेटअन्तर्गत आज मङ्गलवारको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्सलाई पाँच रनले हराएर बिजयी बनेको छ। लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रनमात्रै बनाउन सकेको थियो।
यसअघि त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७८ रन बनाएको थियो । यो जितसँगै लुम्बिनी आठ खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा १० अङ्क जोडेको जनकपुर दोस्रो स्थानमा छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??