spot_img
spot_img
spot_img

नेपालगन्जमा दादुराबाट एक बालकको मृत्यु

spot_img

बाँकेको नेपालगन्जमा दादुराबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज–५ का २ वर्ष ५ महिनाको बालक रहेका छन। बालकलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको नेपालगन्ज उपमहानगरको स्वास्थ्यशाखाले पुष्टि गरेको छ । मृतक बिरामी बालकमा दादुराको चिन्ह लक्षण देखिएको नेपालगञ्ज उपमहानगपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । उहाँले बिरामी बालकलाई ज्वरो आउने लगायत दादुराको लक्षण देखिएको अवस्थामा उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको बताएउनुभएको हो।

सन २०२३ मा दादुरा उन्मुलनको घोषणा गर्ने तयारी रहेकै बेलामा नेपालगञ्जमा एकाएक दादुरा संक्रमण देखिएको हो । नेपालगञ्ज उपमहानगरका विभिन्न वडाहरुमा दादुराको संक्रमण देखिएको छ। नेपालगञ्जका आधा दर्जन वडामा दादुराको बिरामी देखा परेका छन। ५, ७, ८, १०, १५, २२ नम्बरमा दादुराका बिरामी देखा परेका छन् । यी वडाहरुमा कम्तीमा २५ जनालाई दादुरा पुष्टि भइसकेको छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्दले विशेषज्ञहरुको टीम टोलटोलमा पुगेर जनचेतना फैलाउने, बिरामीलाई अस्पताल लैजाने आग्रह गर्ने, दादुरा तुरुन्तै सर्ने भएकाले छुट्टै ठाउँमा राख्न आग्रह गर्ने, अभिलेख लिने र छिट्टै खोपको अभियान चलाउने तयारी गरेको बताउनुभयो ।

नेपालगञ्जमा दादुराबाट दुईदर्जन बढी संक्रमित भएको र यो भन्दा बढी पनि हुनसक्ने आँकलन गरिएको छ । शुरुमा एकाघरमा ४ जनामा दादुरा देखिएपछि दादुरा संक्रमितको खोजी गरिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img